स्वाबलम्बन लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ असाेज । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुका लागि वितरण गरिने लाभांश घोषणा गरेको हाे ।

संस्थाले हाल कायम रहेकाे चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । यसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश रहेको छ।

संस्थाकाे असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। साे लाभांशकाे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र संस्थाकाे आगामी वार्षिक साधारण सभाबाट अनुमाेदन भएपछि वितरण गरिने भएकाे छ।