आज १७ अर्ब ७५ करोडको ट्रेजरी बिल बोलकबोल हुँदै

-



     सफल आवाज    
     असाेज १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ असाेज । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रूपैयाँ १७ अर्ब ७५ करोड  बराबरको ट्रेजरी बिल बोलकबोल हुन लागेकाे जनाएकाे छ ।

नेपाल सरकारले बनाएकाे रष्ट्र ऋण बोलकबोल तालिका अनुसार साे ट्रेजरी बिल बोलकबोल गर्न लागिएकाे हाे । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रूपैयाँ ५ अर्बको नयाँ र रूपैयाँ १२ अर्ब ७५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएकाे हाे ।

यसका लागि आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइनबाट सहभागी हुन पाइने भएकाे छ । आज बोलकबोल गरिने ट्रेजरी बिल भाेलि मंगलबार निष्कासन हुनेछ । रूपैयाँ ५ अर्ब बराबरको २८ दिनका लागि र रूपैयाँ ७ अर्ब ७५ करोड बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागिएकाे छ । रूपैयाँ ५ अर्ब बराबरको १८२ दिकाे लागि नयाँ ट्रेजरी बिल जारी गरिएकाे हाे  

सरकारले चालु आवको असोजसम्म रूपैयाँ १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनकि गरेको थियो । यसअघि सरकारले नयाँ ट्रेजरी बिल जारी गरेर ३० अर्ब तथा विकास ऋणपत्र बिक्रीबाट रूपैयाँ ८० अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । चालु आर्थिक वर्ष सुरु भएपछि १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।