सोमबार सुनचाँदीको भाउ घट्यो, तोलाको कति ?

-



     सफल आवाज    
     असाेज १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको जानकारी गराएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।