काठमाडौं, १४ असोज । केहि हप्तादेखि लगानीकर्ताको मनोबल उच्च हुन नसकिरहेको अवस्थामा आजको सेयर बजारको दृश्यले सबैमा उत्साह थपिदिएको छ ।
साताको सेयर कारोबार हुने दोश्रो दिन एउटा बाहेक सबै सूचकांकहरुमा छाएको हरियालीले अब नेप्से लयमा फर्किएको आकलन गरिएको छ । तर कुल कारोबार रकममा भने उल्लेख्यनिय बृद्धि भएको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये एउटामा मात्रै रातो लागेको छ । बाँकी सबै १२ वटै उपसमूहहरुमा हरियो लागेको छ । कुल ३१९ कम्पनहिरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ९७ लाख १७ हजार ९५९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सिएचडिसि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सिएचडिसि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रभु सेलेक्ट फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




