
काठमाडौं, १५ असाेज । हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेकाे हाे ।
कम्पनीकाे १६ औँ वार्षिक साधारण सभा कात्तिक २५ गते आम्रपाली ब्याङ्केट, काठमाडौँमा बिहान १० बजे डाकिएकाे छ ।
सभाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांशसहित १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश गरिने भएकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कात्तिक ७ गते बुकक्लोज गर्ने जानकारी गराएकाे छ। यसका लागि कात्तिक ६ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




