काठमाडौं, १५ असोज । केहि हप्तादेखि ओरालो लागेको नेप्सेमा लगातार दोश्रो दिनपनि सकारात्मक लय देखिएको छ ।
दोश्रो दिनको बढोत्तरी ११४.७० विन्दुमा पुगेको देखिएको छ । सबै सूचाकांकहरुमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल उच्च बनाएको छ । अघिल्लो दिनको तुलनामा कुल कारोबारमा पनि बृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ४.५७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १९.४६ अंकले् बढेर ४७०.८१ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३०७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनएमबि ५० को सेयरमूल्य घटेको छ र सो सेयरमूल्य ३.८६ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




