हकप्रद निष्काशनकाे प्रस्ताव पारित गर्न नेपाल वेयरहाउजिङ्गले डाक्याे एसजिएम

-



     सफल आवाज    
     असाेज १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ असाेज । नेपाल वेयर हाउजिङ्ग कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । विशेष प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ७ गते साधारण सभा डाकेकाे छ।

साधारण सभा अमृतभोग क्याटरर, प्रा. लि., कालिकास्थान, काठमाडौँमा दिउँसो ३ बजे बाेलाइएकाे छ।

सभाबाट हाल कायम भएकाे चुक्ता पूँजीको १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अनुमाेदन हुनेछ । साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा रहेका छन् ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते बुकक्लोज गरिने भएकाे छ। शेयरधनीहरुले साधारण सभामा भाग लिनका लागि कात्तिक १ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।