
काठमाडौं, १९ असाेज । अपि पावर कम्पनीले साधरण सभा र बुक क्लोजको मिति ताेकेकाे छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेर साधरण सभा र बुक क्लोजको नयाँ मिति ताेकेकाे जनाएकाे छ ।
कम्पनीका अनुसार कात्तिक ११ गते साधारण डाकिएकाे छ । साथै कात्तिक २ गते बुकक्लोज हुने बताएकाे छ । विद्युत नियमन आयोगले यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश अस्वीकृत गरेपछि कात्तिक १ गते डाकिएकाे साधारण सभा स्थगित गरिएकाे थियो ।
कम्पनीले आ.व.२०८१-०८१ को खुद मुनाफाबाट ५ प्रतिशत बोनस सेयर तथा ०.२६३२ प्रतिशत नगद लाभांशसहित ५.२६३२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेको छ ।
शुरूमा ९ प्रतिशत वोनस सेयर तथा ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे थियो । विद्युत नियमन आयोगले साे अस्वीकार गरेपछि लाभांश वितरणका लागि ताेकिएकाे साधारण सभा राेकिएकाे थियो ।
कम्पनीले रूपैयाँ २४ करोड ५९ लाख ५२ हजार ९२ जगेडा कोषमा राख्ने भएकाे छ । साधारण सभाकाे प्रयोजनका लागि कात्तिक २ गते बुकक्लाेज हुने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




