आँखुखोला जलविद्युतकाे लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २० गते २०८१ मा प्रकाशित



काठमाडाैं, २० असाेज । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले बिक्ररीमा ल्याएकाे हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीले असोज ११ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट पहिले बिक्री हुन बाँकी हकप्रद शेयरका लागि बोलपत्र पेश गर्न आव्हान गरेकाे थियाे ।

कम्पनीले १ बराबर १.५ काे रेसियाेमा निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद शेयरमा आवेदन नदिएर बाँकी रहेकाे हकप्रद शेयरलाई लिलाम बिक्रीमा ल्याएकाे हो।

सेयरमा लगानी गर्न चाहने इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले १७ लाख ५० हजार २४८ कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने भएका छन्।

प्रतिकित्ता शेयरकाे कमकाे मूल्य १०० रुपैयाँ रहेकाे छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले ताेकिएकाे मूल्यभन्दा बढी मूल्य राखेर बाेलपत्र दिनुपर्नेछ । बढीमा सबै संख्याको लागि आवेदन दिन सकिनेछ ।

यसका लागि बिक्री प्रबन्धक, नबिल बैंकका बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, बराहताल (सुर्खेत) र धनगढी शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।