आईतबार सुनको भाउ घट्यो, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     असाेज २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा आज रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।