काठमाडौं, २० असोज । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । धेरै दिनपछि हरियाली छाउँदा लगानीकर्ताहरु उत्साही भएका छन् ।
चाडपर्वको समय र बडादशैं नजिकिएको बेलामा नेप्सेमा अर्धसतक पार गरेकाे उकालोको यात्राले बजार अब सकारात्मक बन्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.७५ अंकल बढेर ४७६.४६ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । नेप्सेका अनुसार कुल ३०८ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयरको कारोबारबाट ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७०५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबेभन्दा बढी शाहस उर्जा लिमिटेडको कारोबार भएको छ। कम्पनीको ६३ करोड ८३ लाल ५८ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




