युनिलिभर र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २३ असाेज । आज दशैं अघिको अन्तिम कारोबार हुने दिन हाे । यसदिन युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनलकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे छ।

युनिलिभर नेपाल

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि युनिलिभर नेपालले असोज २८ गतेदेखि बुकक्लोज हुने जनाएकाे छ । सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोजमने मिति तय गरेकाे छ ।

असोज २४ गतेदेखि असोज २८ गतेसम्म दशैँ बिदा हुने भएकाेले शेयर कारोबार बन्द हुने भएको छ । दुबै कम्पनीहरुको बुकक्लोज अघि हुने आजकाे काराेबारकाे दिन अन्तिम कारोबारकाे दिन रहेकाे छ ।

साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू लाभांश पाउन र साधारण सभाका लागि याेग्य मानिनेछन् ।

युनिलिभर नेपालले ३१ औँ वार्षिक साधारण सभा कात्तिक १२ गते द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह साढे ४ बजे बाेलाएकाे छ।

सभाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँकाे दरले नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ साथै सभाबाट लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।

सभामा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गरिने भएकाे छ । यस्तै सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसंग गाभ्ने र गाभिने वा प्राप्ति गर्ने एजेण्डाहरू रहेका छन् ।

साथै प्रबन्धपत्र तथा नियमावली संशोधननकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।