सुनमा अर्काे नयाँ रेकर्ड-तोलाको १ लाख ६२ हजार ४ सय

-



     सफल आवाज    
     कार्तिक १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । लगातार सुनको भाउमा बृद्धि भएर नयाँ नयाँ रेकर्ड कायम हुँदै आएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनको भाउ बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ६ सयले बृद्धि भएको जनाएको छ । सेतो धातु चाँदीको भाउ भने स्थिर रहेको छ ।

छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।