नेप्सेमा ४७.४४ अंकको गिरावट, ८ अर्ब बढीकाे काराेबार

-



     सफल आवाज    
     कार्तिक ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा झरेको छ । नेप्सेमा १.७२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.९१ अंकले घटेर ४८७.३९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये १२ वटामा रातो लागेको छ । एउटामा नीलो लागेको छ । कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयरको कारोबारबाट ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुडवील फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ४५ करोड ७ लाख १ हजार ६३० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको सेयरमूल्इ घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।