अरुण भ्याली हाइड्रोकाे शेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ कात्तिक । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडकाे शेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीकाे बुकक्लोज भएसँगै शेयरमूल्य समायोजन गरेर नयाँ नयाँ मूल्य कायम गरिएकाे हाे ।

नेप्सेका अनुसार ३ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजनपछि कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा रहेकाे छ। साे मूल्य नेप्सेले अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यलाई आधार मानेर ताेकेकाे हाे ।

आइतबार दोस्रो बजारमा शेयरमूलय प्रतिकित्ता २८० रुपैयाँ थियाे । अब समायाेजन गरिएकाे मूल्यकाे आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ।

यसबैबीच कम्पनीले कात्तिक १४ गते २७ औँ साधारण सभा बाेलाएकाे छ । सभा होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।

सभामा ३ प्रतिशत बोनस शेयर तथा प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद लाभांशसहित ३.१५७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ ।

सभाका लागि लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि ऋण सम्झौतामा कर्पोरेट ग्यारेण्टि दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन लगायतका कार्य गर्नकाे लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरु रहेका छन् ।