नेपाल चेम्बर अफ कमर्स र सिंगापुरका लगानीकर्ता बीच लगानी र व्यापार सहजीकरणकाे समझदारी

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ५ कात्तिक। नेपाल चेम्बर अफ कमर्स र सिंगापुर इण्डियन चेम्बर अफ कमर्सबीच लगानी र व्यापार सहजीकरण गर्ने बिषयमा समझदारी भएको छ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो ।

सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारी गराएका थिए । अध्यक्ष अग्रवालले भने,‘नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु।

नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ  कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाएका थिए।

नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिएका थिए ।