सुन चाँदीको मूल्यमा फेरी नयाँ रेकर्ड

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ कात्तिक। नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको बेला सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा सुनकाे कारोबार भएको थियो ।

त्यसैगरी साेमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।