सुनमा फेरि नयाँ रकेर्ड : तोलाको १ लाख ६५ हजार ९ सय

-



     सफल आवाज    
     कार्तिक ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । दिनदिनै सुनचाँदीको भाउ उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउ बढेर हालसम्मकै नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।