गरिमा विकास बैंककाे नाफा १२ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक । गरिमा विकास बैंककाे खुद नाफा बढेकाे छ । बैंककाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरणा अनुसार बैंकले रूपैयाँ २२ करोड ५७ लाख खुद नाफा गरेकाे हाे ।

बैंकले कमाएकाे याे नाफा गत वर्षको साेहि अवधिकाेभन्दा १२ प्रतिशतले धेरै हाे । गएकाे वर्षमा गरिमाले रूपैयाँ २० करोड १५ लाख खुद नाफा गरेकाे थियो। 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेकाे छ । यही नाफाकाे कारणा खुद नाफामा राम्राे सुधार भएको हो ।  असोज महिनासम्म खुद ब्याज आम्दानी ११.०८ प्रतिशत रहेकाे छ । सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेको छ । 

इम्पेयरमेन्ट चार्ज ३५ करोडबाट बढेर रूपैयाँ ३७ करोड भएकाे छ। खराब कर्जा ३.८२ प्रतिशत रहेकाे छ । गएकाे वर्षमा याे २.६८ प्रतिशत थियाे । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७१ पैसामा बढेर १५ रुपैयाँ ९० पैसा भएको छ । नेटवर्थ १६२.०७ रुपैयाँ रहेकाे छ ।