
काठमाडाै, ११ कात्तिक । सानिमा बैंकले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि प्रस्ताव गरिएकाे साे लाभांश प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारण सभा डाकेकाे हाे ।
साधारण सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्त्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विभिन्न विषयहरूमाथि छलफल गरी पारित गरिने भएकाे छ ।
बैंकले साधारण सभाकाे प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्ने भएकाे छ । सभामा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरूले कात्तिक २१ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
यही कात्तिक २२ गते सार्वजनिक विदा परेको छ । २३ गते शुक्रबार र २४ गते शनिबार भएकाेले शेयर बजार बन्द हुनेछ । तसर्थ कात्तिक २१ गतेसम्म कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभाशका हकदार हुनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




