समता घरेलु लघुवित्तकाे एफपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     कार्तिक १२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १२ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गरेकाे छ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर पूँजी संरचना रेसियाे संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्नका लागि नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेकाे जनाएकाे छ ।

लघुवित्तले रूपैयाँ ३ करोड ५० लाख ९० हजार ४२५ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे अवधिसम्म माग गरेअनुसारकाे आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

शेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।

संस्थाको चुक्ता पूँजी रूपैयाँ ५६ करोड ४० लाख ६ हजार ३०४ रहेको छ। एफपीओ बिक्रीपछि रूपैयाँ ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा हुनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।