सुनमा अर्को नयाँ रेकर्ड, तोलाको १ लाख ६८ हजार ५ सय

-



     सफल आवाज    
     कार्तिक १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड भएको छ । आज छापावाल सुनमा रुपैयाँ १५ सय तथा चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको छ ।

छापावाल सुनमा रुपैयाँ १५ सयले बढेर तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ ४० ले बढेर तोलाको २ हजार १०५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।