स्टान्डर्ड चार्टर्ड बैंकको २५.५० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     कार्तिक १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । स्टान्डर्ड चार्टर्ड बैंकले शेयरधनीहरूका लागि २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको जनाएकाे हाे ।

बैंकको मंगलबार बसेकाे सञ्चालक समितिकाे बैंठकले ६.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेकाे छ । साथै १९ प्रतिशत नगद लाभांशसहित २५.५० प्रतिशत लाभांश वितरणकाे घोषणा गरेकाे हाे ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपिछ र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियो ।