सुनमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ७१ हजार

-



     सफल आवाज    
     कार्तिक १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । सुनको भाउ लगातार आकाशिएको छ । विश्व बजारमा परेको प्रभावले सबैतिर यसको असर परिरहेको छ ।

विभिन्न देशहरुमा चलिरहेको युद्ध, आर्थिक उतारचढाव तथा डलरमा भइरहेकाे मजबुतिले पहेलाे धातु सुनको भाउ उकालो लाने क्रम नरोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनमा रुपैयाँ ३ सयले बृद्धि भएको छ । चाँदीमा भने रुपैयाँ ३० ले गिरावट भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३० ले घटेर तोलाको २ हजार ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको २ हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।