
काठमाडाै, १५ कात्तिक । बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाडौमा सम्पन्न सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७९-०८० को बार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।
सभाले फाइनान्समा रिक्त रहेको संचालक पदमा वाँकी कार्यकालका लागि २ जनालाई नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । सभाबाट अनुमोदित संचालकहरुमा रामजि गौतम र बौद्ध राज अर्याल रहेका छन।
सभामा संस्थाको शेयर स्वामित्वमा संस्थापक र सर्वसाधारण समूहको शेयर प्रतिशत संशोधन, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।
यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

साथै बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नका लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




