सानिमा बैंकले मंसिर ४ मा बोलायो साधारण सभा

-



     सफल आवाज    
     कार्तिक १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । सानिमा बैंकले साधारण सभा डाकेकाे छ । बैंकले लाभांशकाे प्रस्ताव अनुमाेदन गर्न मंसिर ४ गते साधारण सभा डाकेकाे हाे ।

सभा सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । उक्त सभाले ५.२६ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । 

सभामा गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय एजेण्डाहरूमाथि छलफल गरी अनुमाेदन गरिने भएकाे छ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २५ गते बुक क्लोज गर्ने भएकाे छ । 

लाभांश पाउनका लागि लगानीकताले कात्तिक २१ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ। कात्तिक २२ गते सार्वजनिक विदा परेको छ भने २३ गते शुक्रबार र २४ गते शनिबार परेकाेले यी दिनमा शेयर काराेबार हुँदैन ।

यसर्थ कात्तिक २१ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्। साथै लाभांश पाउनका लागप उनीहर योग्य मानिनेछन् ।