समता घरेलु लघुवित्तकाे एफपीओ भर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     कार्तिक २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे एफपीओमा आवेदन दिनका लागि आज मंगलबार एक दिन बाँकी रहेकाे छ । संस्थाले कात्तिक १२ गतेदेखि एफपीओ बिक्रीमा ल्याएकाे थियाे ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर पूँजी संरचना रेसियाे संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न एफपीओ बिक्रीमा ल्याएकाे हाे ।

लघुवित्तका अनुसार रुपैयाँ ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर खुलाएकाे हो। माग अनुसारकाे आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ।

एफपीओमा घटीमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट प्रणालीमार्फत आवेदन दिन पाउनेछन्।

लघुवित्तको चुक्ता पूँजी रुपैयाँ ५६ करोड ४० लाख ६ हजार ३०४ रहेको छ। एफपीओ बिक्री गरेपछि चुक्ता पूँजी रुपैयाँ ५९ करोड ९० लाख ९६ हजार ७२८ हुनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।