बुधबार सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउ बढेको छ भने चाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको जनाएको छ । चाँदीको भाउमा भने रुपैयाँ १५ ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सये बढेर तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको २ हजार १५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।