नेप्सेमा ५.०२ अंकको गिरावट, ५ अर्ब १५ करोडको कारोबार

-



     सफल आवाज    
     कार्तिक २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ कार्थिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.०२ अंकले घटेको छ । यसरी घटेको नेप्से २६७२.३७ विन्दुमा रहेको छ ।

नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेनसेटिभ इण्डेक्स १.२५ अंकले घटेर ४७६.७४ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेका छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ ।

कुल ३०२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड १४ लाख ७३ हजार ९ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब १५ करोड ९ लाख २५ हजार २२४ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २६८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.५५ प्रतिशतले घटेको छ ।