
काठमाडौं, २२ कात्तिक । आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेप्सेमा समायोजन भएकाे छ। संस्थाको बुकक्लोज गरिएपछि अन्तिम कारोबार भएकाे दिनकाे मूल्यकाे आधारमा नयाँ मूल्य कायम गरिएकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । मूल्य समायाेजन भएपछि संस्थाको शेयरमूल्य ९३५ रुपैयाँ ६७ पैसा भएको छ। बुधबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
अब आइतबार नयाँ कामय भएकाे शेयरमूल्यलाई आधार मानेर दोस्रो बजारमा शेयर कारोबार खुला हुनेछ । संस्था मंसिर ७ गते, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा आठौँ साधारण सभा डाकेकाे छ। सभा अपरान्ह ३ बजे बाेलाइएकाे छ ।
सभाबाट १४.२५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




