सुपर मादी हाइड्रोकाे खुद नाफामा ५०.८३ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     कार्तिक २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । सुपर मादी हाइड्रोकाे खुद नाफामा ५०.८३ प्रतिशतले बृद्धि भएकाे छ । कमपनीकाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेकाे हाे ।

चालु आर्थिक वर्षको पहिलाे तीन मिहनामा कम्पनीले रुपैयाँ १६ करोड १३ लाख खुद नाफा गरेकाे छ। याे नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनामा रुपैयाँ १० करोड ६९ लाख थियाे ।

कम्पनीको वित्तीय खर्च घटेपछि नाफामा सुधार भएकाे हाे । यस अवधिमा विद्युत बिक्री आम्दानी रुपैयाँ ४३ करोड २७ लाखबाट घटेर रुपैयाँ ४२ करोड १५ लाख रहेकाे ।

खुद नाफा रुपैयाँ ४१ करोड ९६ लाखबाट घटेर ४१ करोड २० लाख रहेकाे छ। कम्पनीको वित्तीय खर्च गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ करोड १३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको सोही अवधिसम्म रुपैयाँ १६ करोड ३५ लाखमा रहेकाे छ ।

कम्पनीको चुक्ता पूँजी रुपैयाँ २ अर्ब १० करोड रहेको छ । जगेडा कोषमा रुपैयाँ ३० करोड ५ लाख रुपैयाँ रहेका छ। प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा छ । यसकाे नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ। मूल्य आम्दानी रेसियाे ९.७६ गुणा छ।