लाभांश अनुमाेदन गर्न हाथवे इन्भेष्टमेन्टकाे एजिएम आज बस्दै

-



     सफल आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ कार्तिक । हाथवे इन्भेष्टमेन्ट नेपालकाे साधारण सभा आज बस्दैछ । सभाले १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्ने भएकाे छ ।

कम्पनीकाे साधारण सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगदसहित १०.५२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव लगातका एजेण्डा रहेका छन् । 

सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्ती एजेण्डामाथि छलफल गरी पारित गरिनेछ। बोनस बितरण गरिएपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुनेछ ।

साधारणा सभाकाे प्रयोजनार्थ कात्तिक ७ गते बुक क्लोज भइसकेकाे छ । साभा भाग लिन र लाभांश पाउनका लागि शेयरधनीहरूले कात्तिक ६ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।