नेप्सेमा भारी अंकको बृद्धि, पौने १० अर्बको कारोबार

-



     सफल आवाज    
     कार्तिक २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक भारी मात्रामा बढेको छ । नेप्सेमा ६२.५४ अंकले बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २७३८ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा २.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.९१ अंकले बढेर ४८७.१० विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

कुल ३२५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ ५५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सानिमा जिआईसि इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८३१ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा ग्रोथ फण्डको सेयरमूल्य घटेको छ । कम्नीको सेयरमूल्य ६.७६ अंके घटेको छ ।