
काठमाडौं, २७ कात्तिक । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा निकै कम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९३ अंकले घटेर ४८८.७८ विन्दुमा झरेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । यसदिन कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयरको खरिदबिक्रीबाट रुपैयाँ ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी गुडवील फाइनान्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २९ करोड २८ लाख ६१ हजार २०६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै गुराँस लघुवित्त बित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुडवील फाइनान्स लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




