युनिलिभर नेपालकाे नाफामा ४.६३ प्रतिशतले गिरावट

-



     सफल आवाज    
     कार्तिक २८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २८ कात्तिक । युनिलिभर नेपालकाे नाफा यसपालि घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४.६३ प्रतिशतले घटेको हाे ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म रूपैयाँ ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । यो नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा थाेरै हाे । गएकाे वर्ष कम्पनीले रूपैयाँ ५५ करोड २५ लाख नाफा गरेकाे थियो।

आम्दानी घटेकाे कारण खुद नाफामा प्रभाव परेकाे हाे । सञ्चालन आम्दानी ३.०४ प्रतिशतले घटेकाे छ । अन्य आम्दानी ४.३० प्रतिशतले घटेको छ। कुल आम्दानी ३.०५ प्रतिशतले र कुल खर्च २.५१ प्रतिशतले घटेको छ।

प्रतिशेयर आम्दानी १११ रुपैयाँ १८ पैसा घटेर २ हजार २८८ रुपैयाँ ३८ पैसामा रहेकाे छ। नेटवर्थ ५ हजार ८३६ रुपैयाँ रहेको छ । मूल्य आम्दानी रेसियाे २१.५२ गुणा छ।

कम्पनी चुक्ता पूँजी रूपैयाँ ९ करोड २१ लाख रहेको छ । यसकाे रिटेन्ड अर्निङ्ग रूपैयाँ ५ अर्ब २८ करोड १३ लाख रहेको छ।