
काठमाडाैं, २८ कात्तिक । नागरिक लगानी कोषले चालु आर्थिक वर्षमा नाफा बढाएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरण विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १३.६२ प्रतिशतले बढेकाे हाे ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म रूपैयाँ ३० कराेड ९ लाख खुद नाफा गरेकाे छ। गएकाे वर्ष सोही अवधिमा कम्पनीले रूपैयाँ २६ करोड ४८ लाख नाफा गरेकाे थियो।
आम्दानीमा सुधा भएपछि खुद नाफा बढेको हो।ब्याज आम्दानी ३.७९ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशतले बढेको छ । कम्पनीकाे कुल आम्दानी १२.६० प्रतिशतले र खर्च ९.१९ प्रतिशतले बढेको छ।
प्रतिशेयर आम्दानी ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ हेको छ । मूल्य आम्दानी रेसियाे ११३.९९ गुणा छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




