
काठमाडौं, २८ कात्तिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेप्सेमा भएको गिरावटले लगानीकर्ताहरुलाई फेरि के हुने हो भन्ने आशंका उब्जाई दिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३०८ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ रुपैयाँ ८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी जानकी फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ३३ करोड ८६ लाख ३३ हजार ११ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




