
काठमाडौं, २९ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रप्पको जितसंगै ओरालो लागेको सुनको भाउमा सस्तिने क्रम रोकिएको छैन ।
साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ सस्तिएको छ ।

नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २२ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ ।
छापावाल सुनमा रुपैयाँ २२ सयले घटेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ लाख ९ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




