आज सुनचाँदीको भाउमा सामान्य बृद्धि, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     कार्तिक ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा आज रुपैयाँ १ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ६० हजार १ सयमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।