बुधबार सुनमा रु ९ सयले बृद्धि, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     मंसिर ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थिया्े ।