
ललितपुर,५ मंसिर । अपी पावर कम्पनी लिमिटेडद्वारा प्रबर्धित अपि इन्फ्रा लिमिटेडले ललितपुरकाे झम्सिखेलमा १० तले अपार्टमेन्ट निर्माण गर्ने भएकाे छ । यो परियोजना १ अर्ब २० करोड रुपैयाँको लगानीमा निर्माण गरिने भएकाे हाे ।
कम्पनीका कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्टकाे २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३ रोपनी क्षेत्रफलमा निर्माण हुने याे परियोजनामा कुल ४३ युनिट रहने बताइएकाे छ ।
कम्पनीले याे अपार्टमेन्टकाे यसै हप्ताबाट बुकिङ खुला गरिसकेको छ । हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने र अन्य छुटहरू समेत रहेकाे कार्यकारी निर्देशक खड्काले बताइन।
यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यस अपार्टमेन्टमा साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर, कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर, मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप, प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन रहेका छन ।

१० तले याे अपार्टमेन्टमा ग्राहकले आफ्नो आवश्यकता अनुसार १ बीएचके, २ बीएचके युनिटहरू, ३ बीएचकेका युनिटहरू बुकिङ गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
झम्सिखेलको मुख्य स्थानमा रहेको यो अपार्टमेन्ट लक्जरी जीवनशैलीका लागि उत्कृष्ट विकल्प भएकाे कम्पनीकाे दाबी छ। आधुनिक सुविधाहरू र सुन्दर डिजाइनले यसलाई थप विशेष बनाउदै स्मार्ट होम प्रविधि र प्रिमियम सुविधाहरूका कारण, यो परियोजना झम्सिखेलको प्रमुख आकर्षण बन्ने अनुमान गरिएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




