ग्लोबल आइएमई बैंकको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । ग्लोबल आइएमई बैंकको शेयरमूल्य नेप्सेमा समायोजन भएकाे छ। बैंककाे बुकक्लोज भएपछि गरेकाे अन्तिम कारोबार पछि नेप्सेमा शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।

नेप्सेका अनुसार ५.५ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजन भएपछि शेयरमूल्य २४१ रुपैयाँ ७१ पैसा कायम गरिएकाे छ।

याे मूल्य नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको जनाएकाे छ । अघिल्लो बिहीबार प्रतिकित्ता २५५ रुपैयाँमा भएको थियो। अब आगामी आइतबार समायोजन गरिएकाे मूल्यकाे आधारमा दोस्रो बजारमा कारोबार खुल्ने भएकाे छ।

बैंकका अनुसार मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १८ औ‌ साधारण सभा डाकिएकाे छ । सभा बिहान १० बजेबाट शुरु हुने जनाइएकाे छ।

सभाबाट ५.५० प्रतिशत बोनस शेयर वितरणकाे प्रस्ताव पारित गरिनेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने, स्वतन्त्र सञ्चालककाे नियुक्ति लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ ।