
काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठगि गर्ने, भ्रष्टाचार गर्ने नछोड्ने र निर्दोषलाई फसाउन नदिईने कुरा प्रष्ट पारेका छन् ।
नेकपा एमालेकाे काठमाडौं उपत्यकाका तीनवटै कमिटिहरुको आयोजनामा भएको जागरण सभालाई सम्वोधन गर्दै ओलीले भने, ठगि गर्नेलाई छोडिने छैन । निर्दोषलाई कारबाही हुने छैन ।
कसले आफन्तको नाउमा सम्पति थुपारेको छ, कसले थुपारेको छैन, हामी सबैलाई हेक्का छ । कसैको दम छ ? अगाडी आउनुस् र बसेर बहस गरौं, हिम्मत छ ?
वैदेशिक मामलामा बोल्दै ओलीले हाम्रो कोहि पनि सत्रु नभएकोले सबै देश र छिमेकीसंग मित्रवत् व्यवहार र सधैं शान्तिको पक्षमा रहेको बताए ।
हामीले विश्वस्तरमा युद्ध नभई शान्ति चाहेका छौं । देशमा पनि शान्ति, मेलमिलापको वातावरणको पक्षमा रहेका छौं, म भन्छु तपाइ जनता सबैको भावना यही हो ।
मेरो चीनको भ्रमण अत्यन्त सफल हुनेछ । म त्यतिकै घुमेर आउनका लागि चीन जान लागेको होईन । गएका उपलव्धिहरु देशमा आएपछि खुलस्त भएर बताउने छु, प्रधानमन्त्री ओलीले भने ।
केहि मान्छेहरु नाङ्लो ठटाएर हात्तिको बथानमा गएका छन् । के हात्तिहरु नाङ्लो ठटाउनेहरुबाट तर्सिन्छन् ? एमाले हात्तिहरुको बथान हो नाङ्लो ठटाउने व्यर्थको काम नगरे हुन्छ, ओलीले भने ।

उद्योगी, व्यवसायीहरु ढुक्क भएर उद्योग चलाउनुस् । आत्तिनु पर्दैन । एक दुईजना मान्छेले बोल्दैमा केहि हुनेछैन । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन लागिरहेकोले व्यवसाय संचालनमा ध्यान दिन सुझाए ।
थिलोथिलो भएको पर्यटनलाई लयमा फर्काने प्रयास भईरहेको बताउँदै ओलीले पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन आग्रह गरे । पर्यटन बोर्ड र पर्यटनका संस्थाहरुलाई २०२५ मा पर्यटन वर्ष मनाउन लागि रहेकोले यसको तयारीमा लाग्न अनुरोध गरे ।
ओलीले अाफु ऋण लिएर थुप्रो लगाउने पक्षमा नभएको बताए । उनले अबको ध्यान उत्पादनमा लगाउनुपर्नेमा जाेड दिए । अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि राम्रो वातावरण भएकोले लगनानीका लागि आव्हान गरे । उनले भने, नेपालमा लगानी गर्नुस् र लाभ लिएर जानुस् । नेपालमा धेरै कुराहरु सहज बनाउछौं ।
अहिले हामी विदेशमा विजुली बिक्रीको अवस्थामा छौं । पूर्वाधारको विकास भएको छ । हवाई मैदान बनेका छन् । काठमाडौं, भैरहवा, पोखरामा हवाई मैदान बनिसकेका छन् । अन्य हवाई मैदानको स्तरउन्नति पनि गर्नुपर्छ ।
युवाहरु स्टार्टअपमा लाग्नुस् । विदेश जाने अवस्थाकाे अन्त्य गर्न चाहेका छौं । प्रधानमन्त्री ओलीले भने, सबै जिल्लामा बाटाघाटा, हवाई मैदान, संचार सुविधा पुगेको छ । के केहि भएको छैन त ?
हो जन अपेक्षा अनुसारको चाहेको जस्तो विकास हुन सकेको छैन । यसमा हाम्रो ध्यानाकर्षण भईरहेको छ । सरकारले जायज असन्तुष्टिहरुलाई संवोधन गर्ने काम गरिरहेको बताउँदै निरासा फैलाई रहेकाहरुलाई भ्रमको खेति गर्न नसक्ने गरी जवाफ दिनुपर्ने बताए । अहिले केहि मान्छे फगत् लोकप्रियवादका पछि लागेका छन् । मान्छेलाई गालि गरेर लोकप्रिय भइदैन ।
लोकप्रियवाद ढाँटछल गरेर हुँदैन । नभएका कुरा हो भनेर, नक्कली चिर्केटाहरु ल्याएर हुन्छ ? भ्रम फैलाएर जान मिल्दैन र त्यो सरकारले हुन पनि दिन्न ।
गुफादेखि यहाँसम्म आएका छौं । हामी महान विद्वान पुर्खाका सन्तान हौं । त्यसैले नेपाली पछाडी फर्किने होईन, अगाडी बढ्ने हो ।
देशलाई सहि गतिमा लैजानका लागि यहाँ मच्चाउन थालिएको भाँडभैलोलाई रोक्न जरुरी छ । हामी लोकतन्त्रको रक्षाका लागि र समृद्धि र सुखि नेपालीको सपनालाई साकार पार्न सरकारमा गएका हौं, उनले भने ।
उनले कार्यकर्ता एकतामा रहन निर्देशन दिदै एकतामा रहन, अनुशासित बन्न र सफलताका लागि यसका वाधक तत्वहरुलाई चिरेर जान आग्रह गरे । साथै उनले संगठनमा गुटबन्दी हानिकारक भएकोले यसको पक्षमा कोहि नलाग्न अनुरोध गरे ।
देशलाई बिग्रन नदिन र समृद्ध बनाउन अनुशासित र एकतामा रहेर अगाडी बढ्नुपर्छ । उनले भने, हामीले सधैं भनिरहेका छौं यो कुरालाई मनन् गरौं । “जहाँ नेपाली त्यहाँ एमाले । देशमा होस् वा विदेशमा त्यहाँ एमाले भनेर जानुपर्छ ।
जागरण सभालाई एमाले महासचिव शंकर पाेखरेलले संवाेधन गर्दै अहिले एमाले र नेतृत्वमाथि चाैतर्फि घेराबन्दी र अनाहकका लान्छनाहरू लाएर भ्रम छरिएकाे छ यसकाे चिरफार गर्नुपर्छ । जस्ले उज्यालाे नेपालकाे परिकल्पना गर्याे, लाेडसेडिङ मुक्त हुने दिशामा देशलाई लग्याे त्यसकाे कुरा भएन । तर यहाँ काम गर्ने एउटा र नाम लिने अर्कै भयाे । भएकाे कुरा त हाे भन्न सक्नु पर्छ भन्ने हाम्राे मान्यता हाे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




