गरिमा विकास बैंककाे १८औ वार्षिकोत्सवमा १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     मंसिर ७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेड आज मंसिर ७ गतेबाट १८औं वर्षमा प्रवेश गरेकाे छ । १८ औं वार्षिकोत्सवका अवसरमा बिकास बैकले आज देशका विभिन्न स्थानमा १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेकाे छ ।

हाल देशभर रगत अभाव भएकाे परिस्थितिलाइ मध्यनजर गर्दै विकास बैंकले देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम गरी कुल ५६२ युनिट रगत संकलन गरेको बैकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताएका छन ।

साे अवसरमा विकास बैंकले प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा गरेकाे रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन भएकाे थियाे । त्यस्तै विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट, क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन भएकाे थियाे।

साेही अवसरमा शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट, शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट, क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट, शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट, शाखा कार्यालय इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट, शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन भएकाे थियाे ।

१८औं वार्षिकोत्सवकै अवसरमा बैकले जिल्ला ट्राफिक कार्यालय, पोखरालाइ ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेकाे छ । त्यस्तै कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरिएकाे थियाे ।

बैकले कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी , बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी ,ज्ञानज्योति आधारभूत विद्यालय गल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) , जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक, राम्दीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज सहयाेग गरेकाे छ ।

त्यसैगरी बैकले मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा, रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक र बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरेकाे छ ।


त्यसैगरी “स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ यस विकास बैंकले मंसिर ८ गते शनिबार Garima Road Race Competition- 2081 आयोजना गर्दैछ । किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन हुने साे कार्यक्रममा खुल्लातर्फ महिला र पुरुष १० कि.मि. तथा कर्पोरेटतर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा Road Race हुने बताइएकाे छ ।

प्रतियोगितामा विकास बैंकले प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः रु.७५,०००, रु.६०,०००, रु.४५,०००, रु.३०,००० र रु.१५,००० पुरस्कार प्रदान गर्नेछ । खुल्ला र कर्पोरेट तर्फको राेड रेस प्रतियोगितामा गरी करिब ७०० जनाको सहभागिता रहनेछ ।

विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा राेड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको बैकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बताए ।

बैककाे याे गरिमामय यात्रामा निरन्तर साथ दिनुहुने समस्त सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चरकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति बैकले हार्दिक कृतज्ञता प्रकट गरेकाे छ ।