
काठमाडौं, ९ मंसिर । नबिल बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंककाे साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमबार मंसिर १० गते बुकक्लोज गरिने भएकाे छ।
लाभांश पाउनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन सक्नेछन्। उनीहरु नै लाभांश पाउन याेग्य हुनेछन् ।
बैंकका अनुसार बैंककाे ४० औं वार्षिक साधारण सभा मंसिर २७ गते बाेलाइएकाे छ । सभा बिहान १० बजे राष्ट्रिय सभा गृह, प्रर्दशनी मार्ग काठमाडौंमा बाेलाइएकाे हाे ।
सभाबाट रुपैयाँ २ अर्ब ७० करोड ५६ लाख ९९ हजार ६७२ बराबरको नगद लाभांश वितरण गरिने प्रस्ताव अनुमाेदन हुनेछ । साथै अन्य उपयुक्त लागेकाे बैंकहरुबी मर्जरमा जाने भए साे काे कार्य गर्ने अधिकार सन्चालक समितिलाइ दिने लगायतका प्रस्ताव पेश गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




