सेबाेनको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

-



     सफल आवाज    
     मंसिर १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबाेन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरिएकाे छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

अध्यक्ष सिफारिस गर्न गठन गरिएकाे सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि आइतबार मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेको थियो। 

समितिका अनुसार अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस भएकाे थियो। उनीहरूमध्येबाट मन्त्रिपरिषद बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

बोर्डकाे अध्यक्षका लागि गएकाे फागुनमा दरखास्त माग गरिएकाेमा १९ जनाले आवेदन दिएका थिए । उनीहरूमध्ये  ५ जनालाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुती गर्न छनोट गरिएको थियो । सिफारिस गर्न गठित समितिले उत्कृष्ट कार्यायोजना र अन्तर्वार्ताकाे आधारमा तीन जनाकाे ना सिफारिस गरेकाे थियाे। 

बोर्डको अध्यक्षमा नियुक्त गरिएका सन्तोषनारायण व्यावसायी हुन्।  उनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा बसेर काम गरिसकेका छन् । साथै विभिन्न वित्तीय संस्थामा काम गरेको अनुभव बटुलेका छन् । अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गएकाे पुस २० मा सकिएपछि बोर्डको अध्यक्ष पद खालि रहेकाे थियो।