
पोखरा, १२ मंसिर। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीयताको कार्यान्वयन अन्यत्रभन्दा सरकारी मिडियाहरुमा राम्राे देखिएकाे बताएका छन् ।
हामीले रेडियो नेपाल, नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा लिएका छौं । जहाँ हरेक भाषाभाषी, आवाजबिहिनहरुका आवाज सुनिन, देखिन थालेका र छापिन थालेका छन् । रेडियो नपालले मूल नारा नै बनाएको छ, “आधुनिक नेपालको समावेशी आवाज रेडियो नेपाल।”
मन्त्री गुरुङले सो कुरा सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको आयोजनामा आज पोखरामा आयोजना गरिएको राष्ट्र भाषाको समाचार तथा कार्यक्रमको प्रसारण सवाल र प्रदेश सरकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बताएका हुन्।
अहिले रेडियो नेपालबाट २५ भाषामा समाचार र विभिन्न भाषाभाषिका कार्यक्रमहरु सञ्चालन भईरहेको र यसले जनतालाई आफ्नोपनको अनुभूति भएको प्रत्यक्ष आफुले सुन्न पाएको स्मरण गरे।
हाम्रो मिडियाको लाईन भनेको समाजवादी मोडलको हो । यीनिहरु नाफामूलक होईनन्, सेवामूलक हुन् । अहिले त नीजि क्षेत्रबाट पनि एफएम रेडियोहरु छन् । उनीहरुलाई पनि प्रोत्साहन गर्दै देशको समावेशी आवाज बोकेको रेडियो नेपाललाई जनताकाे सेवामा लगाउनु पर्छ । यसलाई अब दुई करोड ९१ लाख जनतामा पुर्याउनुपर्छ । नसुनिएका ठाउँहरु सुनिन एफएम स्टेशनबाट रिले गर्नुपर्छ । रेडियो र टेलिभिजन हरेक घरमा सुनिने र हेरिने बनाउन हामी लागेका छौं, उनले भने । सार्वजनिक प्रसारण सेवा आफ्नै भएकोले केन्द्र, प्रदेश सरकार तथा स्थानीय सरकार र व्यावसायीक क्षेत्रबाट माया गर्न उनले आग्रह गरे ।
पोखरामा रेडियो नेपालको आफ्नै पूर्वाधार भएकोले नेपाल टेलिभिजनलाई सोहि स्थानबाट संचालनमा ल्याउन सकिने बताए ।
अहिले अनलाइनमा अराजकता देखिएको सन्दर्भमा मन्त्री गुरुङले यसलाई नियमन गर्न जरुरी भएको बताउदै नियमनको लागि मिडिया काउन्सिल विधेयक आउन लागेको बताए । अराजकता मच्चाएका छन् । समाजमा फाटो ल्याउने काम भईरहेको छ । उनले भने, यस्ता अराजक गतिविधिलाई सरकारले रोक्छ ।
सञ्चार जगतले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनताका कुराहरुलाई ध्यान दिनुपर्छ । उनले नेपालमा सामाजिक संजाल संचालनका लागि दर्तामा आउन आव्हान गरेको, केहि आएका र उनीहरुबा६ देशलाई आर्थिक लाभ भईरहेको बताउदै आउन बाँकी रहेकाहरु नआए बन्द गर्न सकिने बताए । उनले टिकटकबाट नेपाली युवा स्वरोजगार बनेका र नेपालको पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका कन्टेन्टहरुको प्रवर्धनमा सघाउने सहमतिसहित खुला गरेको र अर्बौं रोयल्टी उठेको बताए ।
सरकारले एआईको पोलिसि पनि बनाउदैछ । कसैलाई हामी भद्रगोल चल्न दिदैनौ । आईटी क्षेत्रबाट धेरै लाभ लिन सकिने भएकोले डिजिटन नेपालको कन्सेप्टमा गएका छौं । अब पेपरलेस हुनुहपर्छ । ७५३ वटै पालिकामा ब्रोड व्याण्डको इन्टरनेट पठाएर आईटीमैत्री काम गर्ने र खर्चको कटौतीमा ध्यान दिन लागिएको बताए ।
मन्त्री गुरुङले पोखरालाई अब शैक्षिक हब, मेडिकल हब र आईटी हबको रुपमा विकास गर्नुपर्ने र यसका लागि आईटी पार्क बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, गण्डकी प्रेस रजिष्टार विमा भण्डारी, तमुधिं नेपालका अध्यक्ष हुम गुरुङ, रेडियो नेपाल पोखरा कार्यालयकी प्रमुख शान्ति गुरुङ, रेडियो नेपालका निर्देशक पुष्करराज गौतम, रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामा लगायतले रेडियो नेपाल समावेसी समाचार र कार्यक्रमका विविध पक्षका बारेमा बोलेका थिए ।
कार्यक्रमको संचालन रेडियाे नेपाल पोखराका कार्यक्रम अधिकृत तथा वरिष्ठ गायक पुरुषोत्तम न्यौपानेले संचालन गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




