फरवार्ड र सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । नेपाल स्टक एक्सचेन्जमा शेयर सूचीकृत गराएका दुईवटा लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज बिहिबार अन्तिम दिन बाँकी रहेकाे छ ।

मंसिर १४ गते शुक्रबार बुक क्लोज हुने भएकाेले फरवार्ड लघुवित्त र सपोर्ट लघुवित्तको लाभांश आजसम्म सुरक्षित गरिसक्नु पर्नेछ । आजसम्म शेयर काराेबार गरी कायम भएका शेयरधनीहरु मात्र लाभांश पाउनका लागि याेग्य हुनेछन् । 

फरवार्ड लघुवित्तले गएकाे वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस तथा कर प्रयोजनार्थ ०.७० प्रतिशत सहित १४ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

साे लाभांश अनुमाेदन गर्नका लागि लघुवित्तले मंसिर २८ गते साधारण सभा बाेलाएकाे छ । सभा, चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा पूर्वान्ह ११ बजेदेखि बेालाइएकाे छ ।

यसका लागि लाभांश पारित गर्न पुस ६ गते साधारण सभा डाकिएकाे छ । सभा, दुर्गा पार्टी प्यालेस, इटहरी ४, सुनसरीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।