सोल्टी होटलकाे शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     मंसिर १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । सोल्टी होटलकाे शेयरमूल्य नेप्सेमा समायोजन भएको छ। पुस ४ गते होटलकाे साधारण सभा हुने भएकाे छ । लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।

नेप्सेका अनुसार साेल्टी होटलको १० प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजन भएपछि शेयरमूल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ।

याे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएकाे हाे । बुधबार दोस्रो बजारमा प्रतिशेयर ५७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नेप्सेका अनुसार समायाेजन गरिएकाे नयाँ मूल्यकाे आधारमा दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ। होटलले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २६.८४२१ प्रतिशत नगदसहित ३६.८४२१ प्रतिशत लाभांश वितरण गर्नेछ ।

हाेटलले लाभांश अनुमाेदनका लागि पुस ४ गते ५० औँ साधारण सभा डाकेकाे छ । सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौँमा डाकिएकाे छ । साे सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।