
काठमाडौं, १३ मंसिर । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३८ अंकले घटेर ४७७.५० विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३०७ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयरको कारोबारबाट ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै एक्सल डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार भएको छ । उनीहरुको ३१ करोड ८ लाख ६४ हजार ७३७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बिशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूलय घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




